शनिबार र आइतबार वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीकाे आग्रह

शनिबार र आइतबार वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीकाे आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनका राष्ट्रपति सी जिनपिङको शुक्रबार हुने नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कतै निस्किनु जरुरी भएसकेसम्म लिफ्ट लिएर सडकमा सवारीसाधनको संख्या कम गर्न सहयोग गर्न अनुरोध गरेका छन् ।

राष्ट्रपति सीको भ्रमण हुने दुई दिन शनिबार र आइतबार सकेसम्म अनावश्यक सवारीको प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। शुक्रबार सूचना प्रकाशित गरी महाशाखाले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिन भनेको छ।

सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाईदिन तथा अनावश्यक हर्नको प्रयोग नगरी दिन र ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न साथै सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरिदिन पनि आग्रह गरिएको छ।

यसअघि विभिन्न राष्ट्रका प्रमुख वा विशिष्ट व्यक्तिको भ्रमणका क्रममा सरकारले ‘जोड–विजोड प्रणाली’ लागू गर्ने गरेको थियो । तर, सीको भ्रमणको दिन शनिबार पर्ने र आइतबार पनि सरकारले सार्वजनिक विदा दिइसकेकाले जोड–विजोड प्रणाली लगाइएको छैन ।