काठमाडौंमा ट्राफिक सुरक्षा जाँचः १५ वटा सरकारी गाडीसहित २९७ सवारी नियन्त्रणमा


काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार दिँउसो १२ बजेसम्ममा उक्त संख्यामा सवारी कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाका अनुसार अहिलेम्म सरकारी गाडी १५, मापसे १४, लापरबाही तरिकाले सवारी चलाउने १५, कागजपत्र नभएको १८६, हेलमेट नलगाएको १७, तीन जना सवार २३ र अन्य २७ गरी कुल २९७ सवारी कारबाहीमा परेका छन् ।

आज राजधानीमा ट्राफिक प्रहरीले सुरक्षा जाँच कडा पारेको छ । अधिकांश चोक, सडक तथा गल्लीहरूमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । उपत्यकाका ७७ स्थानमा चेकिङ प्वाइन्ट र १५ वटा मोबाइल भ्यानहरूले गस्ती गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement