ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री

ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकाको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री वितरण गरिएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आइतबार उक्त सामग्री वितरण गरेका हुन्।

कोभिड १९ को संक्रमणबाट रोक्न आम जनसमुदायको सुरक्षामा खटिएका ट्राफिक प्रहरीको सुरक्षाका लागि मास्क, ग्लोब्स, साबुन र सेनिटाइजर वितरण गरिएको हो ।  उपत्यकाको ४५ यूनिटमा रहेका एक हजार ५४८ प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराईको ढकालले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका, करुणा फाउन्डेसन, नेपाल बार एसोसिएसन र प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।