ट्राफिक प्रहरीका असई श्याम माझी घुससहित पक्राउ

ट्राफिक प्रहरीका असई श्याम माझी घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । ट्राफिक जाँचका क्रममा काठमाडौँबाट पूर्वतर्फ गईरहेका सवारी साधानबाट घुस लिँदै गर्दा शनिबार सांझ उनलाई उनलाई पक्राउ गरेको हो ।

विपी राजमार्ग अन्तर्गतको नेपालथोकमा लामो समयदेखि कार्यरत ट्राफिकका असई माझीले पूर्व्तिर जाने पाँच वटा गाडीबाट दुई हजार रुपियाँको दरले रकम उठाएको पाइएपछि उक्त रकमसहित माझीलाई अख्तियारले पक्राउ गरेको छ ।

माझीलाई घुस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट आएको टोलीले घुस लिँदै गरेका माझीलाई १० हजार रकमसहित शनिबार साँझ ६ बजे पक्राउ गरेको थियो ।