ट्राफिक नियन्त्रण तालिम संचालन


काठमाण्डु – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ ।

उक्त तालिम सोही महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले उद्घाटन गरे ।

उक्त अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शेर बहादुर चन्दले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै कूल ४५ कार्य दिनको उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५१ जना गरी कूल ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement