वडाध्यक्ष, प्रहरी र डाक्टरको मिलेमतोमा अवैध मिर्गौला प्रत्यारोपण, १२ जना पक्राउ

वडाध्यक्ष, प्रहरी र डाक्टरको मिलेमतोमा अवैध मिर्गौला प्रत्यारोपण, १२ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा प्रहरीले चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको छ । आइतबार पत्रकार सम्मेलनमा बोल्दै मावन बेचबिखन अनुसन्धान ब्यूरो प्रमुख एसएसपी डा.देव बहादुर बोहोराले पक्राउ पर्नेमा जनप्रतिनिधि, डाक्टर र प्रहरी रहेको जानकारी दिए ।

उनले ०७६ साल जेठ २७ गते चितवनको भरतपुर मेडिकल कलेजमा गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए ।

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्मासहित प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियासहित १२ जनालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।

पक्राउ पर्नेमा डा. बर्मा, डा सुप्रभात श्रेष्ठ, ड. बाल कृष्ण कालाखेती, अधिवक्ता रमेश काफ्ले, जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, प्रहरी नायव निरीक्षक थपलिया, प्रहरी सहायक निरीक्षक खनाल, ललितपुर महानगरपालिका वडा–३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी, जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसी, जमुनाराज भण्डारी, रेश्मा राई रहेका छन् ।

एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरु नियन्त्रणमा परेका छन् । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ उपदफा–१ (ग) अनुसार अनुसन्धान अगाडि बढाइनेछ ।