नियम नमान्ने २ हजार सवारीचालकमाथि ट्राफिककाे डण्डा, साढे १० लाख राजस्व संकलन

नियम नमान्ने २ हजार सवारीचालकमाथि ट्राफिककाे डण्डा, साढे १० लाख राजस्व संकलन


काठमाण्डु– पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा २ हजार ७६ सवारीचालक सवारी नियम उल्लघंनको कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ८८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ ९३, संकेत बत्ती उल्लघंन कर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२८ जना रहेका छन् ।

यसबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने १२९, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९०, एकतर्फी कायम गरिएको सडक उल्लघंन गर्ने ८८ र अन्य सवारी नियम पालना गर्ने एक हजार १८६ सवारी चालक रहेका छन् ।