काठमाण्डु– उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको छ।
कार्यालयले काठमाण्डुमा १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जनाको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो ।
एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ।
सोही कानुनी व्यवस्थामा टेकेर ट्राफिक प्रहरीले नियम मिच्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालेको हो।




प्रतिक्रिया