काठमाडौं – काठमाडौंमा उपत्यकामा दुई पांग्रे सवारीमा यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाले ट्वीटरमा एक सन्देश सार्वजनिक गर्दै दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने जानकारी दिएको हो।
यसअघि महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो। ।सामाजिक सञ्जालबाट चौतर्फी बिरोध भएपछि महासाखाले सवारी तथा यातायात व्यवस्था ऐन उदृत गर्दै सोमबार एक सूचना जारी गरेको हाे ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १३० उपदफा २ बमोजिम दुईपांग्रे सवारी चलाउँदा चालक तथा सो सवारी साधनमा बस्ने मानिसले टोप (हेल्मेट) लगाउनु पर्छ भन्ने उल्लेख छ’, ट्राफिक प्रहरीको सूचनामा भनिएको छ, ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्युन गर्न सक्छ।’‘यो नियम तत्काल कार्यान्वयन हुने होइन। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने व्यहोरा अनुरोध छ’, सूचनामा भनिएको छ।
महाशाखाले सोमबार दुईपांग्रे सवारी साधनमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था ल्याउन लागेको जनाएको थियो। पहिला लागू भएको पछाडि बस्नेहरुलाई हेल्मेट अनिवार्य लगाउनु पर्ने व्यवस्था केही वर्ष पहिले खारेज गरिएको थियो। कुनै कारण वा तर्क्बिना ट्राफिकले दुई पांग्रेका यात्रुलाई हेल्मेट अनिवार्य गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा बहस भएको थियो। सर्वसाधारणले बहस गर्दै हेल्मेट व्यापारीको स्वार्थ अथवा टुटल र पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई तह लगाउन ट्राफिकले यो नियम ल्याएको निष्कर्ष निकालेका थिए। अलोचनापछि ट्राफिकले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत दुई हेलमेट नियम तत्काल लागु नहुने स्पष्ट पारेको हो।
मिति २०७६।०२।०६ , मोटरसाईकल तथा दुई पांङग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले प्रयोग गर्ने हेल्मेट सम्बन्धमा ।
——————————————————— pic.twitter.com/RNEKVf4Rqr— Metro Traffic (@valleytraffic) May 20, 2019




प्रतिक्रिया