चार हजार मिटर उचाइमा पहिलोपटक पाँचपोखरीमा महिला ट्रेल रेस

चार हजार मिटर उचाइमा पहिलोपटक पाँचपोखरीमा महिला ट्रेल रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपालमा पहिलोपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस आयोजना गरिएको छ । विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा ‘पाँच पोखरी विमन ट्रेल रेस २०८१’ आयोजना गरिएको हो ।

प्रतियोगितामा २ घन्टा २८ मिनेटमा रेस पूरा गरेर खोटाङकी निर्मला राई ५० हजार पुरस्कार, कप, मेडल र प्रमाणपत्रसहित प्रथम स्थान प्राप्त गर्न सफल भइन् ।

यसैगरी २ घन्टा ४९ मिनेटमा रेस पूरा गरेकी ओखनलढुंगा घर भई नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो हुँदै २५ हजार पुरस्कार, कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गरिन् । हेलम्बुकी नितु तामाङले २ घन्टा ५८ मिनेटमा रेस पूरा गरेर तेस्रो स्थान हासिल गर्दै १५ हजारसहित कप, मेडल र प्रमाणपत्र गरिन् ।

तीन घन्टा ११ मिनेटमा रेस पूरा गरेकी सिन्धुपाल्चोककै अस्मिता भुजेल चौथो पुरस्कारका रूपमा १० हजार, मेडल र प्रमाणपत्र पाइन् । तीन घन्टा १८ मिनेटमा रेस पूरा गरेर रोल्पाकी आस्मा विक पाँचौं हुँदै पाँच हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाइन् । ५४ वर्षीया सुकुमाया विकले सहभागिताका लागि मायाको चिनोस्वरूप नगद पुरस्कार प्राप्त गरिन् ।

रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाको चिनो र प्रमाणपत्र वितरण गरिन् । उपसभामुख इन्दिरा रानाले यो म्याराथनले महिला सशक्तीकरण र पर्यटनमा टेवा पु¥याउने बताइन्। समावेशिताको हिसाबले पनि यो म्याराथनले उच्च सन्देश दिएको उनको भनाइ थियो ।

पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा सम्पन्न ट्रेल रेसमा ५१ जनाले भाग लिएका थिए । ट्रेल रेसका लागि उमेरले ५० कटेकी उपाध्यक्ष अधिकारीसहित महिला तथा किशोरीहरू २८ असोजमा पाँचपोखरी गएका थिए । २८ किलोमिटरको दूरी र ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरीबाट रेस सुरु भएको थियो ।

पाँचपोखरी गाउँपालिकाकी उपाध्यक्ष अधिकारीले ४१ हजार मिटर उचाइमा महिला ट्रेल रेस गरिएको पहिलोपटक भएको बताइन् । उनका अनुसार ट्रेल रेसमा विभिन्न जिल्लाका ५१ जना महिला छन्, जसमा १७ देखि ६० वर्षसम्मका छन् ।