विराटनगरनाका नजिकै आइपुग्यो भारतीय रेल

विराटनगरनाका नजिकै आइपुग्यो भारतीय रेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकातास्थित बन्दरगाहबाट पाँच दिनअघि गुडेको मालवाहक रेल आइतबार नेपाली सीमा नजिक आइपुगेको छ। वीराटनगर नजिक पहिलो पटक भारतीय रेल आएको हो।

जोगवनी नाकाभन्दा करिब ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आइपुगेको खबर आजको कान्तिपुर दैनिकमा विराटगरबाट माधव घिमिरेले लेखेका छन्। रेलमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयातकर्ताको उद्योग र प्रतिष्ठानसम्म पु¥याउन सहज हुनेछ।

यसअघि भारतीय साना ढुवानीका साधनमार्फत् औधोगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकोमा अब सिधै रेलबाट ल्याउने बाटो खुलेको हो। यसअघि कोलकाता बन्दरगाहबाट यस्तो कार्गो रेल वीरगञ्ज नाकासम्म मात्र आउने गरेको थियो।

अब विराटनगर नाका पनि भारतीय रेलवे सञ्जालमा जोडिएको भन्दै उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन्।