ट्रमा सेन्टरलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय

ट्रमा सेन्टरलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले वीर अस्पताल अन्तर्गतको ट्रमा सेन्टरलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) का अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका संक्रमित बढिरहेकाले ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले आजबाट अक्सिजनसहितका ४० बेड सञ्चालनमा ल्याएको काठमाण्डुपाटीलाई बताए ।

त्यस्तै ६० वटा जनरल बेड पनि संचालनमा ल्याइएको छ । निर्देशक पौडेलकाअनुसार आईसियूलगायतका सुविधा छिट्टै नै सञ्चालनमा ल्याउने जानकारी दिए ।