केरुङ–रसुवागढी नाकामा अघोषित सिण्डिकेट, तत्काल नहटाए आन्दोलन गर्ने चेतावनी

केरुङ–रसुवागढी नाकामा अघोषित सिण्डिकेट, तत्काल नहटाए आन्दोलन गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— केरुङ–रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पूनः सिण्डिकेट प्रणाली लागु गरेको भन्दै सरोकारवालाहरुले उक्त एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा नेपाल–चीन केरुङ व्यापार संघ, नेपाल ट्रक कन्टीनर ढुवानी सेवा लिमिटेड, रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रा।ली।, मिनि गोसाईकुण्ड यातायात प्रा।ली, पासाङ ल्हामु यातायात प्रा।लि।, मैत्री यातायात प्रा।लि, सिल्क ट्रान्सपोर्ट प्रा।लि, गोसाईकुण्ड यातायात प्रा।लि।, जनमुखी यातायात प्रा।लि।, दिपज्योति ईन्टरनेश्नल प्रा।लि।, सोनी ईम्पोर्ट–एक्सपोर्ट प्रा।लि।, कामना ईन्टरनेश्नल र यार्सागुम्बा ईन्टरनेश्नलले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुले उक्त नाकामा लगाएको अघोषित सिण्डिकेट तत्काल हटाउनुपर्ने माग गरेका छन् । नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले सबै क्षेत्रमा खारेज भैसकेको सिण्डिकेट केही व्यक्तिहरुले प्रशासनको मिलेमतोमा उल्टाउन खोजेको आरोप लगाए ।

उनले उक्त नाकामा लगाईएको अघोषित सिण्डिकेट तत्काल खारेज नगरे आफूहरु जस्तोसुकै संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिए ।

उनले २०७६ बैशाख १७ गते जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको बैठकले सिण्डिकेटलाई मौन समर्थन गरेको र सरोकारवाला पक्षलाई सल्लाह नै नगरी नाका व्यवस्थापन समिति गठन गरेको गम्भिर आरोप लगाए ।

कार्यक्रममा रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रा।ली।का अध्यक्ष उर्केन छिरिङ तामाङले विगत ८ वर्षदेखि उक्त नाका सञ्चालनमा भएपनि गत बैशाख १७ गते नयाँ सिडिओ र डिएसपी आईसकेपछि कोहीपनि सरोकारवालाहरुसँग छलफलनै नगरी सो व्यवस्था गरिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै, मिनि गोसाईकुण्ड यातायात प्रा।लि।का सञ्चालक टेम्ब नूर्पु तामाङले राज्यले देशबाट सिण्डिकेट हटाईसकेको अवस्थामा डाईलिङ प्रणाली नगरी मापदण्ड निर्धारण गरी अघि बढ्नुपर्ने माग गरे ।

नेपाल ट्रक कन्टीनर ढुवानी सेवा लिमिटेडका सञ्चालक जीवन खड्काले सिण्डिकटलाई पक्षपोषण गर्ने काम गर्न नहुने धारणा राखे । बरु, आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

जनमुखी यातायात प्रा।लि।का अध्यक्ष मानबहादुर तामाङले आफूहरुले जग्गा र भएको घर बेचेर गाडी किनेको सुनाउँदै अब गाडी कसरी चलाउने भन्ने कुरा अर्को ब्रोकरले प्रणाली बनाउने कुरा आफैंमा आपत्तिजनक रहेको टिप्पणी गरे ।

कार्यक्रममा सोनी ईम्पोर्ट एक्सपोर्ट प्रा।लि।का सञ्चालक शरद प्रसाद पराजुलीले नाका व्यवस्थापन समिति बनाउँदा पनि आफूहरुसँग छलफल नगरिएको गुनासो पोखे ।

त्यस्तै, यार्सागुम्बा ईन्टरनेश्नलका सञ्चालक सुरेश थोक्रले सिण्डिकेटका कारण आफूहरु मारमा परेकोले अघोषित एकाधिकार खारेज गर्नुपर्नेमा जोड दिए । उनले ‘वान–डे पास’ लाई व्यवस्थित र सहज बनाउनुपर्ने माग गरे ।  कामना ईन्टरनेश्नलका सञ्चालक सुरज कार्कीले विचौलियाहरुले यतिवेला टाउको उठाईरहेको सुनाए ।