एकान्तकुनास्थित यातायात कार्यालयमा दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ

एकान्तकुनास्थित यातायात कार्यालयमा दिनमा पटक–पटक घुस लिइन्छ, दिइन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ–टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’

त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल शाखाको दृश्य हो यो।

आँखाको जाँच गर्नेको घुँईचो उस्तै थियो। फोटो खिच्नेको बाक्लो भिड। भिडभित्रै भइरहेको थियो खुलमखुला लेनदेन। गेटमै टिकट लिनेबेला आँखा जाँचवापत ३८ रुपैयाँ तिरे पुग्छ। तर भित्र घुस लिइन्छ, दिइन्छ। दिनमा एकपटक होइन, पटक पटक।यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।