टिआरसी विधेयकसम्बन्धी छलफल गर्न संयन्त्रको बैठक बस्दै

टिआरसी विधेयकसम्बन्धी छलफल गर्न संयन्त्रको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफलका लागि आज गृहमन्त्रालमा संयन्त्रको बैठक बस्दैछ ।

बिहान ८ बजे सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बैठक बस्न लागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि गत शुक्रबार पनि बैठक बसेको थियो। संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए ।