काठमाण्डु-सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक आज बस्दै छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रीत रहने बताइएको छ ।
यसअघि मङ्गलवार बसेको संयन्त्रको बैठकमा मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा र त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने विषयमा छलफल भएको थियो ।
संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् ।
प्रतिक्रिया