काठमाण्डु – शुक्रबार लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित भएको छ । माघ २३ गते शुक्रबार काठमाण्डु उपत्यकामा हुने सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको हो ।
नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि दरबारमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको जनाएको छ ।
सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको जनाएको छ ।




प्रतिक्रिया