धुलोको कँणले ढाक्यो काठमाण्डुको आकाश, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

धुलोको कँणले ढाक्यो काठमाण्डुको आकाश, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – तुवाँलोका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ । भिजिबिलिटी कम भएपछि विमानस्थल बन्द गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले उडानका लागि आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको जनाएको छ ।

वातावरण विभागले रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई) तीन सय भन्दा कम रहेको बताएको छ । विभागले मौसम र डढेलोको कारण प्रदूषण बढेको हुन सक्ने आँकलन गरेको छ ।

मौसम विभागले खडेरीले वायुले धुवाँ र धुलोका कारण काठमाण्डुमा वायु प्रदुषण बढेको बताएको छ । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले डढेलो र प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएकाले हावा चले प्रदुषण कम हुने बताए ।

विमानस्थल प्रमुख प्रताप तिवारीकाअनुसार तीन बजेदेखि उडान बन्द रहेको छ । उडानका लागि ८ सय मिटरसम्म देखिने हुनुपर्छ । तर काठमाण्डुमा अहिले त्योभन्दा न्यून छ ।

अवतरणका लागि साना जहाजका लागि १६ सय मिटर भिजिबिलिटी चाहिन्छ भने ठूला जहाजका लागि २८ सय मिटर चाहिन्छ ।