विभिन्न देश उड्न लागेका १२२ यात्रु विमानस्थलबाट फिर्ता

विभिन्न देश उड्न लागेका १२२ यात्रु विमानस्थलबाट फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विदेश उड्न लागेका १ सय २२ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन् ।

कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमन विभागले कतार, मेलेसिया, दुबईलगायतका खाडी मुलुक र भारत लागेका १ सय २२ जनालाई विदेश जान रोक लगाएको हो ।

काठमाण्डुको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उक्त हेल्थ केयरले नक्कली पिसिआर रिर्पोट जारी गरेको आरोपमा मंगलबार ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ ।