आजबाट त्रिभुवन विमानस्थलमा ४५ जना नयाँ अध्यागमन अधिकृत खटिए

आजबाट त्रिभुवन विमानस्थलमा ४५ जना नयाँ अध्यागमन अधिकृत खटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ जना नयाँ अधिकृत खटाइएको छ।

गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि विमानस्थलमा खटाएको हो ।

सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए।

घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन्।

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो।

गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ।

खटिएका ४५ अधिकृतलाई असार ३१, ३२ र साउन १ गते गरी तीन दिन तालिम दिइएको थियो।