प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सुदुरपश्चिमका मुख्यमन्त्री नजाने

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सुदुरपश्चिमका मुख्यमन्त्री नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका सहभागी नहुने भएका छन् । नेकपा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव समूहमा विभाजन भएको छ । त्यसैको असर अहिले प्रदेश सरकारमा पनि देखिन थालेको छ ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी जाँदै गरेका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री त्रिलोचन भट्ट र अन्य मन्त्री सहभागी नहुने भएका हुन् । सुदुरपश्चिम प्रदेश सरकार प्रचण्ड–नेपाल समूहको रहेको छ । प्रधानमन्त्री ओली गुटको भेलालाई सम्बोधन गर्न आएकाले मुख्यमन्त्री भट्ट स्वागतका लागि नजाने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड–नेपाल समूहले ओलीको असंवैधानिक कदमको विरोध गर्दै पुत्ला जलाउने, टायर बाल्ने र कालो झण्डा देखाउने कार्यक्रम रहेको बताएको । अहिले विभिन्न चोक–चोकमा कालो झण्डा र टायर बालेर प्रधानमन्त्रीको विरोध गरिरहेका छन् ।

प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको विरोध गर्ने आशंकासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विमानस्थलमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।