काठमाण्डु – सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले माधव नेपाल समूहका पाँच जना नेतालाई आफ्नो मन्त्रिमण्डलमा समावेश गरेका छन् ।
जसमध्ये, आन्तरिक मामिला तथा कानुनमा पूर्णा जोशी, भौतिक पुर्वाधार मन्त्रालयमा दीर्घ बहादुर सोडारी, आर्थिक मामिला मन्त्रालयमा प्रकाश शाह, उधोग पर्यटन तथा वातावरणमा मानबहादुर धामी , सामाजिक बिकासमा लालबहादुर खडका नियुक्त भएका छन् । धामी माओवादी केन्द्रबाट मन्त्री बनेका हुन भने अन्य सबै नेपाल समूहका रहेका छन् ।
त्यस्तै राज्यमन्त्रीतर्फ मानबहादुर सुनार, चुनकुमारी चौधरी , मना कुमारी साउद र अर्चना गहतराज नियुक्त भएका छन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि नेपाल समूहले अटेर गरेको छ । सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।
पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्री भट्टले माओवादी पार्टी नेतृत्वसँग सल्लाह नै नगरी मन्त्रिपरिषद पुनर्गठन गरेको भन्दै असन्तुष्ट पोखिएको छ ।
माओबादी केन्द्रका नेता खगराज भट्टले मन्त्रिपरिषद पुनर्गठन प्रक्रिया प्रति असन्तुष्टी जनाएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत चर्को असन्तुष्टी जनाएका हुन् ।
उनले लेखका छन, ‘सुदूरपश्चिमको पार्टी नेतृत्व लाई जोकरफाल्तु बनाएर यँहाको पार्टी र संसदीय दलको चहाना र भावना लाई लत्याउदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रीपरिषद पुनर्गठन प्रक्रिया प्रति खेद ब्यक्त गरौं ।’




प्रतिक्रिया