काठमाण्डु- सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो ।
छलफलमा राजनीतिक दल तर्फबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा,प्रकाश अधिकारी ,दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ,निशा डाँगी,स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे,वसन्त कुशवाह, प्रकाशशरण महत सहभागी छन् भने मन्त्रिमण्डलबाट प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री, शिक्षामन्त्री, सञ्चारमन्त्री सहभागी रहेका छन् ।
यस्तै छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन् । छलफलमा सहभागी हुने जेनजीहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।




प्रतिक्रिया