काठमाण्डु- स्याङ्जामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका– १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधिखोला गाउँपालिका–५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो ।
घाइते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।




प्रतिक्रिया