गायिका त्रिशाला गुरुङले गरिन् प्रेमी रोहित शाक्यसँग विवाह

गायिका त्रिशाला गुरुङले गरिन् प्रेमी रोहित शाक्यसँग विवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चर्चित गायिका तथा डाक्टर त्रिशाला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहिबार राजधानीमा त्रिशाला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् ।

यी दुई पछिल्ला केही दिनदेखि सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गर्दै आएका थिए । मिडियाले त्रिशालालाई रोहितसँगको प्रेम सम्बन्धबारे प्रश्न सोध्दा समेत आफूहरु साथी मात्रै रहेको बताउने गर्थिन् ।

रोहितको इन्स्टाग्राम स्टोरीमा विवाहका केही भिडियो र तस्बिर पनि प्रकाशित छन् ।