उर्जामन्त्रीकोे उपस्थितीमा माथिल्लो त्रिशूली–१ को लगानी सम्झौता आज हुँदै

उर्जामन्त्रीकोे उपस्थितीमा माथिल्लो त्रिशूली–१ को लगानी सम्झौता आज हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको लागि ठूलो लगानी जुटेको छ । विदेशका विभिन्न बैंकले झण्डै ५१ अर्ब रुपैयाँ लगानी गर्ने आयोजनामा (शुक्रबार) आज हस्ताक्षर हुने आयोजनाको प्रबर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट रहेको छ ।

ऊर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा हस्ताक्षर हुन लागेको कम्पनीले जनाएको छ । आयोजनामा अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, कोरियन एक्जिम बैंक, यूके डेभलपमेन्ट बैंक लगायतले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । वित्तीय सम्झौता भएको ५ वर्षपछि अर्थात २०८० सालको चैत महिनाभित्र आयोजना सम्पन्न हुने पनि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

आयोजनाको लागत झण्डै ६५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । सरकारले निर्माण अवधिसहित ३५ वर्षका लागि उक्त कम्पनीलाई निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा आयाजना जिम्मा दिएको हो ।