त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

त्रिशूलीमा बस दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ।

बुधबार विहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने ३७ जनाको सकशुल उद्धार गरिएको छ। लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस अनियन्त्रित भई त्रिशुलीमा खसेको थियाे।

बसमा सवार ३२ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

बसमा सवार यात्रुहरुको खोजीको लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको।