त्रिवेणी क्याम्पसः राष्ट्रिय झण्डामा पनि राजनीतिकरण,किन पदम जोरामाथि खनिए विद्यार्थी ?

त्रिवेणी क्याम्पसः राष्ट्रिय झण्डामा पनि राजनीतिकरण,किन पदम जोरामाथि खनिए विद्यार्थी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले झण्डा फहराएको विषयमा राजनीतिकरण गरिएको भन्दै चर्को विरोध भइरहेको छ ।

भित्री मधेशस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको त्रिवेणी बहुमुखी क्याम्पसमा सम्पूर्ण विद्यार्थीहरु मिलेर पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । तर, सम्पूर्ण विद्यार्थीहरु मिलेर उक्त कार्य गरेपनि स्ववियू सभापति गौरा बोहराको नेतृत्वमा भएको भन्दै प्रचार गरिएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् ।

परशुराम एफएमका स्टेसन म्यानेजर पदम जोराले त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढाको परिसरमा पहिलो पटक स्ववियू सभापति गौरा बोहराको नेतृत्वमा विद्यार्थीद्धारा नेपालको राष्ट्रिय झण्डा फहराइयो भनेर फेसबुकमा स्टाटस लेखेका थिए ।

परशुराम एफएमले पनि गौरा बोहराको नेतृत्वमा झण्डा फरफराइयो भनेर समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि भने विद्यार्थीहरुले जोराको विरोध गरेका हुन् ।सत्य तथ्य समाचार नलेखी झुटो भ्रम र राजनीतिकरण गरेको भन्दै सामाजिक सञ्जालमा विद्यार्थीहरुले जोराको चर्को आलोचना गरिरहेका छन् । झुटो समाचार सम्प्रेषण गर्ने छुट कसैलाई पनि नभएको विद्यार्थीहरुको भनाई छ । स्ववियू निर्वाचनमा पराजित दान बोहराले पनि जोराले झुटो प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘समाचारमा स्ववियू सभापति गौरा बोहराको नेतृत्वमा झण्डा फहराइयो भन्ने सुन्दा आहोरात्र खटिएका सहयोगी साथीहरुले आपत्ति जनाए । जसको वास्तविकता बुझ्न गौरा बोहरालाई फोन गर्दा उनले समाचारबारे आफूलाई कुनै किसिमको जानकारी नभएको बताइन् । म्यानेजर जोरालाई कल गर्दा आफैले आफ्नो तरिकाले समाचार हालेको कुरा बताए । सम्पूर्ण विद्यार्थी भनेको स्ववियू सभापतिको अण्डरमा हुनुपर्छ भन्ने जस्तो कुरा गरेपछि अन्तिममा ठीक छ गल्ती भो बिहानको समाचार सच्याउछु भनेर बिहान पनि स्ववियुले नै गरेको कुरा लाई जोड दिनुभएको छ । यसमा हाम्रो चर्को विरोध छ ।’ दान बोहराले भने ।

यता स्ववियू सभापति गौरा बोहराले भने परशुराम एफएमले सम्प्रेषण गरेको समाचारप्रति आफूलाई जानकारी नभएको बताइन् । ‘ मेरो नेतृत्वमा झण्डा फहराइयो भनेर जुन समाचार आएको छ । त्यसबारे मलाई केही थाहा छैन् । परशुराम एफएमलाई हामीहरुले त्यो समाचार पनि दिएका होइनौँ । अब सम्पूर्ण विद्यार्थीहरुले मिलेर गरेका थियोैँ तर मेरो नेतृत्व र पहलमा भएको थिएन ।’, गौरा बोहराले भनिन् ।

उक्त समाचार सम्प्रेषण भएपछि आफूले जोरासँग कुराकानी गरेको भन्दै उनले भनिन्, ‘समाचार सम्प्रेषण भएपछि मैले पदम जोरासँग फोन गरे । मैले फेसबुकमा जे देखे त्यहि पोष्ट गरेको हुँ, उहाँले भन्नुभयो । अनि मैले क्याम्पसमा सम्पूर्ण साथीहरुको सपोटमा भएको हो मेरो नेतृत्वमा हैन भने ।’ झुटो समाचार सम्प्रेषण कसैले पनि गर्नु नपर्ने गौरा बोहराको भनाइ छ ।