नक्कली ट्रायल दिने परीक्षार्थी पक्राउ

नक्कली ट्रायल दिने परीक्षार्थी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जबाट सवारी साधनको ट्रायल परीक्षा दिने एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

वीरगञ्ज नगरपालिका–२३ स्थित ट्रायल सेन्टरबाट प्रहरीले बारा पर्सौनी–९ का २९ वर्षीय जगन साह तेलीलाई पक्राउ गरेको हो ।

उनले औरहिया गोठ बस्ने चिरञ्जीवीप्रसाद यादवको नामबाट ट्रायल परीक्षा दिने तयारी गरिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहलाई इलाका प्रहरी कार्यालय श्रीपुर पर्साको हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।