कोरोना भाइरसको औषधि पत्ता लाग्योः राष्ट्रपति ट्रम्प

कोरोना भाइरसको औषधि पत्ता लाग्योः राष्ट्रपति ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको औषधि पत्ता लागेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन पत्ता लगाइएको उक्त औषधि फाइजर कम्पनीले उत्पादन गरिरहेको समेत जानकारी दिएका छन् ।

ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले उक्त औषधि फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध लड्ने २० प्रकारका खोप विकास हुँदै गरेको जानकारी दिइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्मपले औषधि नै पत्ता लागेको दावी गरेका हुन् ।

ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने दावी गर्दै आएका छन् ।