काठमाण्डु– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफलाई आगामी साता रुस पठाउने घोषणा गरेका छन्। युक्रेन युद्ध अन्त्यको पहलस्वरूप सो भ्रमण तय भएको ट्रम्पले बताएका छन्।
पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले हालै रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवसँग भएको अनलाइन विवादपछि अमेरिकी सेनाका दुई आणविक पनडुब्बीहरू यस क्षेत्रमा तैनाथ गरिएको जानकारी दिएका हुन्।
तर, उनले ती पनडुब्बी कुन स्थानमा छन् भन्ने खुलाएका छैनन्। अमेरिकी सेनाले ती स्थान गोप्य राखेको उल्लेख गर्दै ट्रम्पले थप विवरण दिन अस्वीकार गरे।
ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसले तत्काल कदम चाल्नुपर्ने चेतावनी दिँदै भने, “अर्को हप्ताको अन्त्यसम्म समय दिइएको छ, नत्र नयाँ प्रतिबन्धहरूको सामना गर्नुपर्नेछ।”
उनले रिपब्लिकन दलका विशेष दूत स्टिभ विटकोफले सम्भवतः बुधबार वा बिहीबार मस्को भ्रमण गर्ने जानकारी पनि दिए। विटकोफ यसअघि पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमै धेरैपटक भेट भइसकेका छन्।
ट्रम्पले रुसप्रति अमेरिकाको वर्तमान धारणा प्रस्ट पार्दै भने, “मानिसहरू मारिनबाट जोगाउन एउटा सम्झौता गरियोस् भन्ने चाहना हामीसँग छ।”




प्रतिक्रिया