वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताएका छन् ।
ट्रम्प र उनका इरानी समकक्षीले मध्यपूर्व युद्ध अन्त्य गर्ने समझदारी पत्रका छुट्टाछुट्टै इलेक्ट्रोनिक प्रतिमा हस्ताक्षर गरेपछि तेलको मूल्यमा गिरावट आएको छ, स्ट्रेट अफ होर्मुज पुन: खुल्ने भएको छ तर २ देशबिचको २ महिना लामो वार्ता बाँकी छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग बुधबार पेरिसबाहिर भर्साइलिजको दरबारमा आयोजित रात्रिभोजमा ट्रम्पले हस्ताक्षर गरेका थिए ।
पहिलो विश्वयुद्ध अन्त्य गर्ने सन्धिमा हस्ताक्षर गरेको दरबारमा म्याक्रोँले जी–७ शिखर सम्मेलनको आयोजनापछि हस्ताक्षर सम्पन्न भएको थियो ।
सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब सेयर बजार भर्खरै उच्च रेकडर्को बिन्दुमा पुगेको छ र तेलको मूल्य घट्दैछ, यस अवस्थामा सम्झौताको घोषणाको विरोध गर्ने यी मान्छेहरू कि त ईर्ष्यालु, खराब वा मूर्ख हुन् ।’
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले सम्झौतामा हस्ताक्षर गरेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अब सम्झौताको कार्यान्वयनको परीक्षण गर्ने समय आएको बताए ।
सप्ताहन्तमा सम्झौताको समाचार बाहिरिएदेखि घटेको मूल्यमा थप वृद्धि हुँदै बिहीबार कच्चा तेल ३ प्रतिशतभन्दा बढीले घटेको छ ।




प्रतिक्रिया