कोराना भाइरसः ट्रम्प र पोम्पियोले माग्ने भए चीनको सहयोग

कोराना भाइरसः ट्रम्प र पोम्पियोले माग्ने भए चीनको सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- कोभि-१९ महामारीको विषयलाई लिएर अमेरिका र चीनबीच चलेको वाक युद्ध अब  राेकिएकाे  छ । यसपछि कोरोना भाइरस अव वुहान भाइरस रहेन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २६ मार्चमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गरेपछि कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्न बन्द गरेका छन् । यसैगरी कोरोनाभाइरसलाई वुहान भाइरस भन्दै आएका अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि अब सहयोगको कुरा गर्न थालेका छन् ।

पोम्पियोले चीनको बारेमा सोधिएकोमा मंगलबार भने,“हामीलाई थाहा छ कि यो विश्वव्यापी महामारी हो र यो समय प्रत्येक देशका लागि संकट समाधान निकाल्न मिलेर काम गर्ने हो ।” यसैगरी वासिङटनमा चीनका राजदूत कुई यितानकाईले न्यूयोर्क टाइम्सलाई भने,“अमेरिकीसँग उनी बचनबद्ध छन् ।चीनले अमेरिकीको सहयोगका लागि सबै गर्नेछ ।” यद्यपि अमेरिकी व्यवहारसँग क्रुद्ध हुदै गत महिना चीनले वुहानमा भाइरस अमेरिकी सेनाले ल्याएको बताएको थियो ।