एजेन्सी – देश कोरोना भाइरसबाट आक्रान्त भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ ट्रिलियन (२० खर्ब डलर) वित्तीय प्रोत्साहन प्याकेजमा हस्ताक्षर गरेका छन् । यो प्रोत्साहन प्याकेज अमेरिकी इतिहासकै ठूलो हो ।
सिनेटले यो व्यवस्थाको बारेमा बहस गरेको दुई दिनपछि द्विपार्टि विद्येयक त्याहाँको प्रतिनिधि शभाले पारित गरेको हो । अमेरिकामा बेरोजगारीका लागि आवेदन दिनेको संख्या पनि ३३ लाखको कीर्तिमानी पुगेको छ ।
अमेरिकामा कोरोनाभाइरसको पुष्टि भएको संख्या अन्य कुनैपनि मुलुकको दाजोमा बढी अर्थात १ लाख भन्दा बढी पुगेको छ ।
ह्वाइट हाउसमा आयोजना भएको यो ऐतिहासिक हस्ताक्षर समारोहमा कुनै पनि डेमोक्र्याटिक विधायहरुलाई आमन्त्रित गरिएको थिएन । तर यो विषयमा सहमतीमा आएकोमा ट्रम्पले दुवै पार्टीलाई धन्यवाद दिएका छन् ।
उनीहरुले एक आपसको मत भिन्नतालाई बिर्सदै अमेरिका फस्टको नीति अंगिकार गरेकाले ट्रम्पले दुवै दललाई धन्यवाद दिएका हुन् । ट्रम्पको यो प्याकेल अघिल्ला राहत विद्येयकको तुलनामा दोब्बरले बढी हो ।
‘यो निष्काशन हाम्रो देशका परिवार, कामदार र व्यवसायको तत्काल राहतका लागि आवश्यक देखिएको छ,’ उनले भने ।
यो आदेशले जनरल मोटर्सलाई संघीय सरकारका लागि अत्यावसकिय चिकित्सा भेन्टिलेटर उत्पादनका लागि बाध्य बनाउने ट्रम्पले बताए ।
सुरुमा ट्रम्पले जीएमले ४०,००० अत्याबसकिय भेन्टिलेटर तत्काल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको ट्वीट गरेका थिए ।
२० खर्ब डलरको प्याकेजअन्तर्गत ५ सय अर्ब डलर ठूला उद्योग एवम व्यवसायको ऋणका लागि तोकिएको छ भने साना व्यवसायका लागि ३६७ अर्ब डलर विनियोजन गरिएको छ ।
राज्य एवम स्थानीय सरकारहरुले १५० अर्ब डलर पाउने छन भने अस्पतालका लागि १३० अर्ब डलर रकम छुटट्याईएको छ। राहत प्याकेजअन्तर्गत व्यक्ति एवम परिवारलाई दिइने ‘चेक’ का लागि २५० अर्ब डलर छुटट्याइएको छ ।
गत वर्षको कर दाखिलाको आधारमा वार्षिक ७५ हजार डलरसम्म आम्दानी गर्ने व्यक्तिले एक हजार दुई सय डलरको राहत चेक पाउनेछन भने एवम दम्पतीको हकमा एक लाख ५० लाख डलरसम्मको आम्दानी गर्नेले दुई हजार चार सयको चेक प्राप्त गर्नेछ । परिवारको हरेक बच्चाका लागि ५ सय डलर छुट्याइएको छ ।




प्रतिक्रिया