चीन जस्तै अमेरिका पनि विकासशील : डोनाल्ड ट्रम्प

चीन जस्तै अमेरिका पनि विकासशील : डोनाल्ड ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी चीन विकासशील देश भएर फाइदा उठाउछ भने अमेरिकालाई पनि विकासशील देशनै बनाइदिन आग्रह गरेका छन् ।

ह्वाइट हाउसमा हुने नियमित पत्रकार सम्मेलनमा उनले भने,“चीनले अविश्वसनीय रुपमा हाम्रो र अन्य देशबाट फाइदा उठाएको छ । तपाईलाई थाहा छ, चीनलाई विकासशील राष्ट्र मानिन्छ । म भन्छु यो ठीक छ र अमेरिकालाई पनि विकासशील देश बनाइदिनुस् ।”

चीनलाई विकासशील देश भएकाले ठूलो फाइदा मिलेको उनले बताए । “भारत एक विकासशील देश हो । अमेरिका ठूलो विकसित देश हो । तर हामीलाई पनि कयौ विकास कार्य गर्नुछ,” उनले भने । अमेरिकाको सहयोगमा चीन विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनको अर्थव्यवस्था बढ्न थालेको उनले बताए । यदी चीन निश्पक्ष रुपमा आउदैन भने उसलाई छोडिने ट्रम्पले बताए ।

चीनले ३० वर्षदेखि अमेरिकाको फाइदा उठाउदै आएको आरोप ट्रम्पले लगाए । “चीनले डब्लूटीओको माध्यमबाट र यस्ता नियमको प्रयोग गरेर फाइदा उठायो जुन अमेरिकाका लागि अन्यायपूर्ण छ,” उनके तर्क थियो । कोभिड–१९ विश्वव्यापी महामारीका कारण अमेरिकी अर्थव्यवस्था रोकिएको अवस्थामा पुगेको छ ।

राष्ट्रिय आपतकाललाई मध्येनगर गर्दै ९५ प्रतिशत भन्दा बढी जनसंख्या घरमै सीमित भएका छन् । १.६ करोड मानिसले आफ्नो रोजगारी गुमाएका छन् । यो संक्रमणबाट शुक्रबारसम्म अमेरिकामा १८,००० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पाँच लाख भन्दा बढी संक्रमित भएका छन् ।