डोनाल्ड ट्रम्पले हार स्वीकार गर्न नसक्नु लजास्पद विषय : बाइडेन

डोनाल्ड ट्रम्पले हार स्वीकार गर्न नसक्नु लजास्पद विषय : बाइडेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी निर्वाचित राष्ट्रपति जो बाइडनले  डोनाल्ड ट्रम्पले  राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नसक्नुले यो लज्जासपद विषय भएकाे बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछि गरिएको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नमा बाइडनले उक्त प्रतिक्रिया जनाएका हुन।

“मलाई लाग्छ कि यो लज्जासपद विषय हो,” बाइडनले भने। “म यसलाई कसरी कुशल रूपमा भनौँ? मलाई लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन। मलाई लाग्छ की यो सबै कुराको बोध जनवरी २० तारिखमा हुने छ, रिपब्लिकन दलका सिनेटरहरूले छिट्टै आफ्नो जितको पहिचान गर्ने बताउँदै उनले भने।

बाइडनलाई ट्रम्प प्रशासनले हालका लागि सत्ताको बागडोर सुम्पिने विषयमा सहयोग नगरे उनको योजना के छ भनेर पनि प्रश्न गरिएको थियो।ट्रम्प प्रशासनले सत्ता सुम्पने प्रक्रियालाई स्वीकृत गरिसकेको छैन जसको अर्थ बाइडनको टोलीले हालसम्म संवेदनशील जानकारी पाउन थालेको छैन।

यसअघि अमेरिकी निर्वाचित राष्ट्रपति जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको थियो।उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ। बाइडनले आफ्नो कार्यकालमा जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ।बीबीसी