आतंकवादी गतिविधि रोक्न अमेरिका-भारतको सहकार्य आवश्यक :डोनाल्ड ट्रम्प


नयाँदिल्ली – भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पले भारतको प्रशंसा गरेका छन् । मन्तव्यको क्रममा उनले अमेरिका सधैँ भारतको ‘वफादार मित्र’ रहेको बताएका छन् ।

सोमबार उनले अहमदाबादस्थित नवनिर्मित क्रिकेट स्टेडियमबाट सम्बोधन गरेका हुन् । ट्रम्प सोमबार नै आफ्नी पत्नी मेलानिया, छोरी इभान्का र ज्वाइँसँगै भारतको गुजरात आइपुगेका हुन् ।

‘नमस्ते, अमेरिका भारतलाई माया गर्छ,’ ट्रम्पले झण्डै एक लाख सहभागीलाई सम्बोधन गर्दै भनेका थिए । ‘म मेरा विशेष साथी प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै सुरु गर्न चाहन्छु । प्रधानमन्त्री, यही सहरको एक चिया पसलेको छोरो, जसको उल्लेखनीय प्रगति भएको छ । उनी महान व्यक्ति हुन् । हरेक मानिसले उनलाई माया गर्छन् । तर उनी कडा मध्यस्तकर्ता हुन्,’ ट्रम्पले भने ।

भारत सरकारले ट्रम्पको स्वागतका लागि अहमदाबादमा ‘नमस्ते, ट्रम्प,’ कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ट्रम्पले भारत र भारतीय जनताको खुलेर प्रशंसा गरेका थिए ।

ट्रम्पले भारतको छिमेकी पाकिस्तानसँगको सम्बन्ध र अतंकवादी गतिविधि रोक्न अमेरिका र भारतको सहकार्यको प्रशंसा गरेका थिए । ट्रम्पले अघि भनेका छन्, ‘हरेक राष्ट्रसँग सुरक्षा र सीमा नियन्त्रणको हक हुन्छ । अमेरिका र भारतले आतंकवाद रोक्न र त्यसको बिचारविरुद्ध लडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement