ट्रम्पले मोदीको कोटभित्र हात हालेको फोटो भाइरल !


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणमा आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई एयरपोर्टमा पुगेर स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदीले ट्रम्पलाई अंकमाल गरेर स्वागत गरेका थिए । अंकमाल गर्दा ट्रम्पले मोदीको कोट भित्र हात हालेको दृश्य देखिएको छ ।

त्यो देखेर अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले हाँसो रोक्न सकिनन् । उनले कोट भित्र हात हाल्नु योजना हो कि भुलबस भन्ने विषय अझै प्रष्ट भइसकेको छैन् । अहिले ट्रम्पले मोदीको कोटभित्र ,हात हालेको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भ्रमणमा दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउने योजना रहेको छ । दुवै देशबीच ठूलो मात्रामा व्यापार र रक्षाको सम्झौता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement