बसाई सर्दै राष्ट्रपति ट्रम्प


वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरबाट बसाई सर्ने भएका छन् । आफूले लाखौं डलर कर बापत तिरेपनि न्यूयोर्कका राजनीतिक नेताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको बताउँदै उनले ट्रम्प टावरलाई छाडेर फ्लोरिडालाई आफ्नो निवास बनाउने भएका हुन् ।

ट्रम्प न्यूयोर्कमा जन्मेकोमा उनले लामो समय पाल्म बिचको मार—ए—लोगो स्टेटमा बिताउँदै आएका थिए । राष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने न्यूयोर्कका स्टेट गभर्नर एन्ड्रयु कुमो र नगरका मेयर बिल डे ब्लासियो दुवै डेमोक्र्याट हुन् । दुवैले राष्ट्रपति फ्लोरिडा जाने कुराको स्वागत गरेका छन् । मार—ए—लोगो स्थित रिसोर्ट सन् १९८५ देखि ट्रम्पको स्वामित्वमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement