यौन उत्पीडनको आरोप लागेपछि ट्रम्पले भने : आरोप लगाउने महिला मेरो टाइपकी होइन


एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोपको खण्डन गरेका छन् ।

शुक्रबार न्यूयोर्क म्यागजिनमार्फत ७५ वर्षकी स्तम्भकार ए. जोन क्यारोलले सन् १९९० मा ट्रम्पले न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । ट्रम्पले ‘उनी शत प्रतिशत झुटो बोलिरहेको’ बताएका छन् ।

ट्रम्पले भने, ‘म सम्मानका साथ आफ्नो कुरा भन्न चाहन्छु । पहिलो त उनी मेरो टाइपकी होइनन् । दोस्रो, उनले जे भनिरहेकी छिन, त्यो कहिले पनि भएको छैन । ठिक छ ?’

ट्रम्पकोे स्पष्टिकरणमाथि सीएनएनसँगको कुराकानीमा क्यारोलले भनिन, ‘यो राम्रो हो कि म उनको टाइपकी छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement