इरानमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारको निर्माण रोक्न इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

इरानले परमाणु हतियार निर्माणको काम नरोकेसम्म प्रतिबन्ध जारी राख्ने ट्रम्पले बताए । उनले भने, ‘हामी इरानमाथि थप प्रतिबन्ध लगाउँदै छौं, केही कुरामा हामी तीव्र रुपमा अघि बढिरहेका छौं ।’

इरानमाथि लगाइने प्रतिबन्धबाट उत्पन्न हुने आर्थिक संकटले इरानी नेतालाई आणविक हतियार निर्माणको दिशामा जान रोक्ने दाबी पनि गरेका छन् ।

सन् २०१५ मा भएको परमाणु सम्झौताअनुसार इरानको परमाणु कार्यक्रम सीमित गरिएको थियो । तर, ट्रम्पले सो सम्झौताबाट पछि हटेपछि इरानले पुनः आफ्नो परमाणु कार्यक्रम सुरु गरेको हो । ट्रम्पले इरानमाथि दबाब दिन भन्दै प्रतिबन्ध लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement