त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ४३ जनाको दरखास्त

त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ४३ जनाको दरखास्त


काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ४३ जनाले दरखास्त दिएका छन् ।

उपकूलपतिका लागि आवेदन दिने अन्तिम समय सोमबार अपराह्न ४ बजेसम्म ४३ जनाले दरखास्त दिएका छन् ।

त्रिविको उपकूलपतिका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले दरखास्त दिएका छन् ।

शिक्षा मन्त्रालय पुगेर उनले आवेदन दिएका छन् । उनको कार्यकाल फागुनमा सकिँदैछ ।

त्यसअघि नै सिंहले त्रिविको उपकूलपति हुन दरखास्त दिएका हुन् । त्रिविका पूर्व उपकूलपति तीर्थ खनियाँ, पूर्व रजिस्ट्रार चन्द्रमणि पौडेल, कार्यबाहक उपकूलपति शिवलाल भुसालले पनि उपकूलपतिका लागि दरखास्त दिएका छन् ।