काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वविद्यालयको नाममा रहेका जग्गाबारे अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।
पहिलो चरणमा काठमाडौं उपत्यका भित्रको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गर्ने भनिएको छ ।
यसमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, विज्ञ सदस्य प्रा.डा प्रेमसागर चापागाईं र शिक्षा मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन् ।




प्रतिक्रिया