मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह

मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए ।

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । नेपालमा कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएको छ ।

तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ ।

नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन ।