त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले भदौ २४, २५ र २६ गतेका लागि तय गरिएका स्नातक तहका परीक्षा स्थगित गरेको छ ।  

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये बिहान ७–१० बजेसम्म र दिउँसो १२–३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको छ ।  

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा उत्पन्न आकस्मिक असहज परिस्थिति भन्दै परीक्षा स्थगित गरेको छ । स्थगित परीक्षाहरू असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने जनाइएको छ ।

हेर्नुहोस् सूचना –