त्रिविमा अनियमितता गर्नेलाई कडा कारबाही : प्रधानमन्त्री ओली

त्रिविमा अनियमितता गर्नेलाई कडा कारबाही : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय जस्तो पवित्र स्थलमा अनियमितता भित्र्याउने कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिक उत्सवको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा त्रिविका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही गर्ने बताएका हुन् ।

उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि प्रष्ट पारे । प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए । उनले मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयलाई आग्रह गरे ।