त्रिविका विद्यार्थीद्धारा रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

त्रिविका विद्यार्थीद्धारा रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रीएका छन् । त्रिवि व्यवस्थापनले आफैले तय गरेको सिद्धान्त विपरित जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको आरोप लगाउदै आन्दोलनमा उत्रिएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले आज त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

त्रिवि पदाधिकारी बैठकले रिक्त हुन आएका विभाग र क्याम्पसहरुमा निमित्त प्रमुखका रुपमा कार्यरतहरुलाई नै निरन्तरता दिने सिद्धान्त पारित गरेपनि जनप्रशासन केन्द्रिय विभागमा मात्र अनुचित ढंगले जुनियरलाई प्रमुख बनाएकाले आन्दोलतमा उत्रनु परेको विद्यार्थी नेताहरुले बताएका छन् । सोमबार नियुक्तिको विरुद्ध विभागमा तालाबन्दी गरेका विद्यार्थीहरुले माग सुनुवाई नभको भन्दै आज रजिष्ट्रार कार्यालयमै ताला लगाएका हुन् ।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, एउटै व्यक्ति दुई संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग पुरा नभएसम्म आन्दोलन जारी रहने श्रेष्ठको चेतावनी छ ।