पाँच विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नगरे आन्दोलन

पाँच विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नगरे आन्दोलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच विद्यार्थी संगठनले त्रिविलाई १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन । मंगलबार पाँच विद्यार्थी संगठनले १० दिने अल्टिमेटम र विभिन्न पाँच बुँदे मागसहित त्रिविलाई ज्ञापनपत्र बुझाएका हुन ।

नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल सहितको टोलीले त्रिविका सम्पुर्ण शैक्षिक गतिबिधी लथालिंग भएकोप्रति ध्यानाकर्षण गराउँदै त्रिवि उपकुलपति समक्ष ज्ञापनपत्र बुझाएको अखिल(क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिए।

माग पुरा गर्न सिमा तोकेरै दिइएको पाँचबुंदे ज्ञापनपत्रमा

विश्वबिध्यालयको शैक्षिक शत्रको समयअबधि परीक्षा नलिइकनै समाप्त भएको भन्दै उपयुक्त बिधि र समयाबधी तोकेर परिक्षा संचालन गर्न एबं शैक्षिक कार्यक्रमहरु क्यालेन्डर बनाएर लागु गर्न र एमफिल/पिएचडी भर्ना शुल्कबारेको समस्या तत्काल विद्यार्थीहरुसंग संबाद गरि हल गर्न माग गरेको छ ।

ज्ञापनपत्रमा बिश्वविद्यालयले आंगिक क्याम्पसम लागु गरिएका सबै बिषयहरुलाई निजिक्षेत्रबाट संचालन गर्न बन्द गर्नु पर्ने ,विद्यार्थीको माग बढेको भन्दै आँगिक क्याम्पसहरुमा कानुन बिषयको अध्ययन अध्यापन व्यबस्था मिलाउन माग गरेको छ ।

त्रिवि सम्बन्धन प्राप्त कलेजहरुमा त्रिविले नै शुल्क तोकेर लागु गर्न र सो शुल्क उलंघन गर्ने शैक्षिक संस्थालाई कारवाही गर्नुपर्ने तथा हरेकबर्ष शुल्क बृद्धि गर्ने कार्य रोक्न र लकडाउन अबधिको शुल्क विद्यार्थीसंग नअसुल्न डेडलइन सहित १०दिन माग पुरा नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।