त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस, को-को छन् चर्चामा ?

त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस, को-को छन् चर्चामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

उपकुलपति छनोट सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा बनेको सिफारिस समितिले १२ जना उम्मेदवारबाट ५ जनाको प्रारम्भिक छनोट गरी अन्तिम चरणमा तीन जनाको नाम सिफारिस गरेको हो। ती नामहरू भने गोप्य राखिएको छ ।

उपकुलपतिको दैडमा रहेका प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा.योगेन्द्रबहादुर गुरुङको चर्चा बढी छ ।

खड्ग केसी हाल त्रिविकाे निमित्त उपकुलपति  रहेका छन् ।

यस्तै त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डिन विनिल अर्यालले विश्वविद्यालय प्रशासन हेरिसकेका छन् भने अनुसन्धान र विज्ञान शिक्षा प्रवर्द्धनमा सक्रिय रहेका छन् ।

योगेन्द्रबहादुर गुरुङ समाजशास्त्रका प्राध्यापक रहेका छन् । उनले त्रिवि र युनेस्को लगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वयको अनुभव बटुलिसकेका छन् ।

अब अन्तिम निर्णय प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले गर्नेछन्

पूर्व उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि विश्वविद्यालय नेतृत्व रिक्त रहँदै आएको थियो। त्यसयता कार्यवाहक उपकुलपतिका रूपमा केसीले जिम्मेवारी सम्हालिरहेका छन्।