काठमाडौं – त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्नका लागी गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा डा. भगवान कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो ।
सह–कुलपति एवम् शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले कुलपती एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) त्रिविको उपकुलपतिको लागी नाम सिफारिस गरेका हुन् । जसमा प्रम ओलीले बास्तोटालाई त्रीवीको उप बनाउने संभावना बढी छ । तर शिक्षामन्त्री प्रोख्रेलले डा. कोइरालालाई उपकुलपती बनाउन प्रयास गरिरहेका छन् ।
डा. कोइराला मुटु शल्यचिकित्सक हुन् भने डा. बास्कोटा ईएनटी विशेषज्ञ हुन्। चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन् उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए।




प्रतिक्रिया